arrow

अमेरिकामा फेरि ट्रम्पको उदय

२८ मध्ये २१ राज्यमा विजय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
trump-corona.jpg

काठमाडौं ।  अमेरिकामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमन हुने सम्भावना बढेर गएको छ । ट्रम्प नोभेम्बरमा अमेरिकामा हुने महत्त्वपूर्ण मध्यावधि चुनावमा बलियो रूपमा उदाइरहेका छन्। 

मङ्गलवार साउथ क्यारोलिना, अलाबामा, अर्कान्सास, नेभाडा, आर्जिया र टेक्ससमा ट्रम्प समर्थक उम्मेदवारहरूले जित हासिल गरेका छन्। योसँगै ट्रम्प पुन राष्ट्रपतिको उम्मेदवार बन्नेछन् । 

अहिलेसम्म २८ राज्यमा भएको प्राइमरीमा ट्रम्प समर्थक रिपब्लिकन पार्टीका नेताहरूले २१ राज्यमा विजय हासिल गरेका छन् ।

साउथ क्यारोलिनामा ट्रम्पलाई सबैभन्दा बढी समर्थन प्राप्त भएको छ । क्यापिटल हिंसा पछि ट्रम्प विरुद्ध महाभियोगको समर्थन गर्ने पाँच पटक रिपब्लिकन उम्मेदवार टिम राइसले प्राथमिक चुनाव हारेका छन् । यस पटक ट्रम्पले राइसलाई समर्थन गरेनन्। ट्रम्पले जोसेफ लोम्बार्डोलाईज्ञ जिताए । उनी गभर्नरका लागि रिपब्लिकन उम्मेदवार हुन्।

अमेरिकामा मुख्य चुनाव हुनुअघि रिपब्लिकन र डेमोक्रेटिक पार्टीहरूले आफ्नो पार्टीको उम्मेदवारीका लागि आफ्ना मतदाताहरूबाट भोट लिनुपर्ने हुन्छ । मुख्य चुनाव जित्ने व्यक्ति पार्टीको आधिकारिक उम्मेदवारको रूपमा मैदानमा उत्रन्छ। अर्थात् उम्मेदवार बन्नका लागि पहिले स्थानीय तहको निर्वाचन जित्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ