arrow

ईश्वर पोखरेलले प्रचण्डलाई चुनौती दिँदै भने –ओली सरकारको पालामा एसपीपी सम्झौता भएको छैन, पुष्टि गर्न चुनौती दिन्छु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
ishwor-pokharel-parliament-2079-03-02.jpg

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा  अमेरिकी ‘स्टेट पार्टनरशिप प्रोग्राम’ एसपीपी सम्झौता नभएको बताएका छन्  । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाए । 

ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्रको रुपमा रहेको भन्दै उनले  यसलाई पुष्टि गर्न चेतावनी दिए । 

पुष्टि गर्न नसक्ने हो भने आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने पोखरेलको माग छ । 

सन् २०१५ र २०१७ मा प्रस्तावमा आउन सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै उनले केपी ओली नेतृत्वको सरकारको पालामा आफू रक्षामन्त्री रहेकाले यस्तो कुनै सम्झौता नभएको दाबी गरे । 

असंलग्न परराष्ट्र नीतिविपरीत हुने कार्यलाई एमालेले रोक्ने भन्दै आफू रक्षामन्त्री हुँदा नेपाल कुनै पनि सैन्य कार्यक्रममा सहभागी नहुने अमेरिकालाई बताएको पोखरेलले बताए । 

प्रचण्डले स्पष्ट पार्दै भने –यो सरकारले एसपीपी सम्झौता गर्दैन, ओलीका पालामा कार्यान्वयन गर्ने काम भयो

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ