arrow

नबिल बैंकमा पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
nabil-bank-eco-friendly-business-loan.jpg

काठमाडौं । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा (नबिल इको फ्रेन्डली बिजनेस लोन) जारी गरेको छ ।

फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनविनाश र प्रदूषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तीय आवश्यकता पूरा गर्न आकर्षक सुविधा तथा ब्याजदरसहित नयाँ कर्जायोजना ल्याएको बैंकले जनाएको छ । 

यस कर्जायोजना अन्तर्गत बैंकले साबिकको भन्दा शून्य दशमलब ५ प्रतिशत कममा कर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नको लागि क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुविधाहरु प्रदान गरी व्यवसायीहरू माझ वित्तीय पहँुचमा जोड दिने जनाएको छ । साथै आफ्ना ग्राहकसम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उदेश्यले ‘नबिल एसएमई सहकार्य योजना’ मा आवद्ध गराउने पनि जानकारी दिएको छ । 

‘नबिल पर्यावरणमैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिंग अन्तर्गतको विभिन्न प्रयासहरु मध्यको एक हो, जस अनुरूप फोहरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तीय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ’, बैंकका एसएमई एन्ड एमएफ विभागका प्रमुख निरजकुमार बस्नेत (डनिल) ले बताए । 

डनिलका अनुसार बैंकले यस कर्जायोजना अन्तर्गतका ऋणीहरुलाई एक सफल व्यापार उद्यमको रूपमा विकास गर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समावेश गर्नेछ ।

सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको नबिल बैंकका १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ