- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दोलखा । नन्दप्रसाद जानकी शिवाकोटी स्मृति पुरस्कार पत्रकार शम्भु गौतमले पाउने भएका छन् । नन्दप्रसाद जानकी शिवाकोटी प्रतिष्ठानका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सो पुरस्कारबारे जानकारी दिएका हुन् ।
दोलखा जिल्लाकै पहिलो विद्यालय क्षमावती माध्यमिक विद्यालयका संस्थापक तथा तत्कालिन पूर्व २ नम्बर (दोलखा) का जिल्ला सभापति नन्दप्रसाद शिवाकोटी र उनकी जीवनसंगिनी जानकी शिवाकोटीको स्मृतिमा नन्दप्रसाद जानकी शिवाकोटी स्मृति पुरस्कारको घोषणा गरिएको हो ।
दोलखामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकारलालाई दिइने उक्त पुरस्कार यसपालि पत्रकार शम्भु गौतमले पाउने भएका हुन् । यसै वर्षबाट प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार ताम्रपत्रसहित २५ हजार रुपैयाँ राशीको हुनेछ ।
पुरस्कार नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीको अवसरमा आगामी भदौ ४ गते प्रदान गरिने पनि प्रतिष्ठानका अध्यक्ष शिवाकोटीले जानकारी दिएका छन् ।