arrow

युवा नेता ठाकुर बने सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
bikash-kumar-thakur-congress-sarlahi.jpg

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको जिल्ला कार्यसमिति सदस्यमा युवा नेता विकाशकुमार ठाकुर मनोनित भएका छन् । जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले ठाकुरलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । 

सर्लाहीमा कांग्रेसको उपस्थिति बलियो बनाउन ठाकुरले रणनीतिक तथा प्राविधिक रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए । गुटबन्दी र अन्तर्घातमा फसेको कांग्रेसलाई एकताबद्ध बनाउने सशक्त नयाँ नयाँ नेतृत्व ल्याउन युवाको रुपमा नेता कार्यकर्तालाई खबरदारी गर्ने, परिवर्तनको आवश्यकता बोध गराउन सूचना तथा प्रविधिका माध्यमबाट नेतृत्वदायी भूमिका खेलेका थिए । 

सशक्त नेतृत्वको बलमा कांग्रेसले सर्लाहीमा स्थानीय तह निर्वाचनमा इतिहासमै ऐतिहासिक बहुमत हासिल गरेको छ। स्थानीय चुनावमा पनि युवा नेता ठाकुरले अन्तर्घातबाट जोगाएर पार्टीका उम्मेदवार जिताउन सक्रिय भएका थिए । 

समग्रमा जिल्लामा कांग्रेसको सुधारका लागि भूमिका खेलेको भन्दै जिल्ला कार्यसमितिले युवा नेता ठाकुरलाई सदस्यमा मनोनित गरेको कांग्रेसले जनाएको छ । 

युवा नेता ठाकुर समाजसेवादेखि सञ्चार क्षेत्रमा पनि सक्रिय छन् । हिन्दूवादी युवा नेता ठाकुरले सनातन धर्मको रक्षाका लागि पनि भूमिका खेल्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ