arrow

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
narayanghad-mugling-pahiro.jpg

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । आज बिहान ११ः३५ बजे चितवनको इच्छाकामना-६ तोपेखोलामा सुक्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो पन्छाएर अहिले साँझ ५ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

पहिरोका कारण पटक पटक सडक अवरुद्ध भएपछि यात्रुले हैरानी बेहोर्दै आएका छन् । घण्टौं जाम हुने र चर्को गर्मीले यात्रुहरुलाई निकै सकस हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ