- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय अभिनेता आशिष विद्यार्थी फिल्ममा खलनायक पात्रबाट खेल्छन् । उनको प्रत्येक पटक नायकको कुटाइ खाएर मृत्यु पनि हुने गरेको छ । खलनायक बनेर पनि उनले फ्यानमा गहिरो छाप छोडेका छन् । फिल्ममा आफ्नो चरित्रलाई जीवन्त बनाउने काम गर्छन् ।
जुन १९, १९६२ मा केरलामा जन्मेका आशिष विद्यार्थी बलिउड उद्योगका दिग्गज अभिनेता हुन्, जसले हिन्दी मात्र नभई तमिल, तेलुगु, मलयालम, कन्नड र बङ्गालीलगायत धेरै भाषाहरूमा १०० भन्दा बढी चलचित्रहरूमा काम गरेका छन्।
यी फिल्महरूमा उनी प्रायः खलनायक बनेर मानिसमा डर देखाएका छन् । आशिष सिनेमाका यस्तो अभिनेता बनेका छन् जसको सबैभन्दा धेरै फिल्ममा मृत्यु भएको छ । उनले अहिलेसम्म फिल्ममा १८२ पटक मृत्युको मुखमा पुगिसकेका छन् ।
केरलामा जन्मिएका उनको बाल्यकाल दिल्लीमा बित्यो। उनी सानै उमेरमा दिल्ली आए र यहाँ बसेर पढाइ गरे । आशिषका बुबा गोविन्द विद्यार्थी मलयाली थिएटर कलाकार थिए र आमा रिबा विद्यार्थी नर्तक थिइन्।
यस कारण रङ्गमञ्चको दुनियाँमा जोडिए। अभिनेताले आफ्नो करियर कन्नड फिल्मबाट सुरु गरेका थिए। सुरुका दिनमा उनले ‘बाजी’, ‘नजायज’ जस्ता चलचित्रमा नकारात्मक भूमिका खेलेर मानिसको मन जितेका थिए । यही कारणले उनलाई हिन्दी फिल्ममा नेगेटिभ पात्र मात्रै पाउन थाले ।
तर, एक पटक फिल्ममा मृत्युको दृश्य शूट गर्दा आशिषले मृत्युलाई नजिकबाट देखेका छन् । चलचित्रको सुटिङका क्रममा अभिनेताको जीवन समाप्त भएको थियो । सुटिङकै क्रममा अभिनेता पानीमा उत्रिनु थियो । तर आशिषलाई गहिराइको पत्तै नभएपछि गहिरो पानीमा डुबेका थिए । त्यहाँ उपस्थित मानिसहरूले उनी डुबेको दृश्य गरिरहेको ठाने । त्यसैले उनलाई सहयोग गर्न कोही गएनन् ।
यसै क्रममा आशिष छटपटाएको देखेर त्यहाँ उपस्थित प्रहरीलाई शङ्का लाग्यो र उनीहरूले अभिनेताको ज्यान बचाए । पछि त्यहाँ उपस्थित मानिसहरूले आशिष साँच्चै डुबेको बुझे।