arrow

लडे बाइडेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
joe-biden-new.jpg

काठामडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन् । तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ । 

ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सकिन्छ ।  त्यसपछि उनले भने, ‘म ठीक छु ।’

उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए । साइकलबाट लडेपछि दर्शकहरूसँग कुरा गर्न रोकिएका थिए । 

साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले  सन्तुलन गुमाएको राष्ट्रपतिले शुभचिन्तक र पत्रकारहरूको सानो भीडलाई बताए ।

उनलाई ठूलो चोट नलागेको र औषधिउपचार आवश्यक नभएको ह्वाइटहाउसका एक अधिकारीले बताए । ‘राष्ट्रपति आफ्नो परिवारसँग बाँकी दिन बिताउन तत्पर हुनुहुन्छ’, ती अधिकारीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ