arrow

भारतको आसाम र मेघालयमा बाढी, ३२ जनाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७९ असार ५ आइतबार
flood-assam.jpg

नयाँ दिल्ली । भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । 

असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ ।

असामको विपद् व्यवस्थापन विभागका अनुसार असाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको पाइएको छ ।असाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ । 

यहाँका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा पनि १८ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ । ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ । 

यी जिल्लाहरुमा शनिबार रातिसम्म पनि वर्षा जारी रहेको बताइएको छ । यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कत अपनाउन सूचना जारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ