arrow

नबिल बैंक र कतार एयरवेजबीच सम्झौता, ग्राहकलाई विशेष सुविधा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
nabil-bank-qatar-airways-agreement-2022.jpg

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ । जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् । 

यो सम्झौता आगामी असार १७ गतेदेखि लागू हुने बैंकले जनाएको छ । आइतबार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजरसारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

 यस साझेदरी अन्तर्गत बिजनेस र इकोनोमी क्लास हवाइ टिकटमा उक्त १० प्रतिशत छुट लागू हुनेछ । यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ ।

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्याङ्कन संस्था, स्काइट्रयाक्सद्धारा फाइभ स्टार कोभिड १९ एयरलाइन सेफ्टी रेटिङ हासिल गरेको एक विश्वव्यापी अन्तर्राष्ट्रिय हवाइ सेवा हो । 

अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै यो सहकार्यले ग्राहकहरूलाई लाभदायक हुने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाह बताए ।

सन् १९८४ देखि ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकका १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको बैंकले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ