arrow

प्रहरी महानिरीक्षकको बढुवा विवाद हेर्दाहेर्दैमा, सुनुवाइ असार १३ गते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
police-head-Q.jpeg

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । उक्त रिटको यही असार १३ गते सुनुवाइ हुने भएको छ ।
    
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजालसमा उक्त विवादबारे आइतबार सुनुवाइ गर्दा पक्षको बहस नै नसकिएको हुनाले हेर्दाहेर्दैमा राखिएको हो । आइतबार रिट निवेदकका तर्फबाट १३ कानून व्यवसायीले बहस गरेका थिए । 
    
प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । गत बैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
    
न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत बैशाख २२ गते उक्त विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ