arrow

यस्तो हुनेछ यो साताको राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : साप्ताहिक राशिफल २०७९ असार ०६ सोमवार - २०७९ असार १२ आइतवार (नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)

साप्ताहिक राशिफल :

मेष : जोखिमपूर्ण चुनौतीको सामना गर्नुपर्ने योग छ । बोलीमा ध्यान दिनुहोला । साताको पहिलो दिन तपाईको राम्रो देखिँदैन । राजनैतिक कार्यमा बाधा आउनेछ । मनमा चञ्चलता । अचल सम्पत्तिको कारोबार गर्दा शुभ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, त्यसपछि अध्ययनमा पनि सुधार आउनेछ । पारिवारिक साथ र सहयोग मिल्नेछ । सोमबार र मंगलबार तपाइँका लागि मध्यम देखिन्छ । गणेश भगवानको पूजा गर्नुहोला । ईष्या गर्नेहरूलाई पुरुषार्थी काम गरेर देखाउन सकिनेछ । अफ्ठ्यारो परिस्थितिसँग सम्झैता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ । बुधबार र बिहीबार सवैभन्दा राम्रो छ । मिष्ठान भोजनको अवसर मिल्नेछ । वैदेशिक यात्रा सुख रहने देखिन्छ । आफन्तको राम्रै साथ सहयोग मिल्नेछ । आटेको काम बन्ने, मनले चिताएको पूरा होला । शुक्रबार व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थयमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ, अरुको कुरामा चाडो विश्वास नगर्दा राम्रो हुनेछ । मेष राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्ता अस्थिर, रंग गाढा रातो, दिन मंगलवार, राशिस्वामी मंगल, स्वभाव चञ्चलता र उग्र, संगत गर्ने योग्य राशि सिंह र धनु, भाग्य अंक १ र ८ ।

वृष : पारिवारिक कलहको सम्भावना छ, तपाइँ शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ । यो साता तपाईका लागि औसत रहनेछ । चुनौतीको सामना गर्दा प्रतिफल हात लाग्ला । आजको दिन शुभ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइँका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । नयाँ काममा लगानी गर्दा अभिभावकको सुझाव तथा सहयोगको आवश्यकता पर्नेछ । चियोचर्चा गर्नेहरूसंग सावधान रहनुहोला । प्रेमी–प्रेमिकासँगको सम्बन्ध निराशामा परिणत हुने सम्भावना पनि देखिन्छ । आइतबार र सोमबार रमाईलो भेटघाट हुने तथा स्वादिष्ट भोजनको अवसर जुर्न सक्नेछ । त्यसपछिका दुई दिन पुनः तपाईको पक्षमा आउनेछन् । व्यापारमा लगानी गर्दा राम्रो होला । नयाँ योजना बुन्नुहोला । पारिवारिक र प्रेम सम्बन्धमा सुमधुरता रहनेछ । साताको अन्तिम दिन स्वास्थ्यमा सामान्य गडबढी आउने र अनावश्यक खर्च बढ्नेछ । झैझगडा तथा विवाद निम्तिन सक्नेछ । पहिलो दुई दिन राम्रो छ भने त्यसपछिका दुई दिन मंगल र बुधबार राम्रो देखिँदैन । विहीबार र शुक्रबार फेरि राम्रो भए पनि शनिबार शुभ छैन । वृष राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता स्थिर, रंग नीलो, दिन शुक्रवार र सोमबार, राशिस्वामी शुक्र, स्वभाव शान्त एवं एकदम उग्र । संगत गर्ने योग्य राशि कन्या र मकर, भाग्य अंक ४, १०, ११ र १२ ।

मिथुन : यो साता शुभकार्यको चर्चा खूब चल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुहोला । यो साता तपाइँका लागि मध्यम रहनेछन् । वैदेशिक कार्यमा सुख मिल्नेछ । यो साताको चार दिनको अवधिमा तपाइँले राम्रै उपलब्धि हात पार्नु हुनेछ । सामाजिक प्रतिष्ठा मिल्ने छ । स्वास्थ्यमा भने सामान्य समस्या आउने र खर्च बढी भए पनि मन प्रफूलित हुनेछ । पढाई लेखाईमा पनि रुची बढ्नेछ । शुक्रबार र शनिबार व्यापार व्यावसायमा घाटा देखिन्छ । साताका अन्तिम दुई दिन यात्राको योग छ । छोटो दूरीको यात्रा फलदायी रहने देखिन्छ । भेटघाटले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ । दापत्य जीवन पनि सुखमय रहनेछ । ठूलाबडाको संगतले भविष्यमा आइलाग्ने समस्या पहिचान गर्न सकिनेछ । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर हात लाग्न सक्छ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । बुधबार मुद्दा मामिला तपाइँका पक्षमा आउने योग देखिन्छ । मथुन राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि तुला, कुम्भ, भाग्य अंकः ३ र ६ ।

कर्कट : यो साता प्रेम सम्बन्ध कसिलो हुने, आँटेका काममा सफलता मिल्नेछ । बोलीमा प्रभाव, अध्ययन अध्यापनमा पनि रुची बढ्ने छ । धार्मिक कुरामा बढी रुची रहनेछ । साताको शुरुदेखि बुधबारसम्म तपाईले नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्यबाट सफलता मिल्नेछ । छोटो दूरीको यात्राको योग छ । साहित्य तथा संगीत क्षेत्रमा रुची, अध्यात्म तथा धार्मिक क्षेत्रमा चासो बढी देखिनेछ । प्रेम सम्बन्धमा भने विभिन्न शंका उपशंका उब्जिनेछन्, सचेत बन्नुहोला । बिहीबार र शुक्रबार दुई दिन तपाइँका लागि त्यति साम्रो समय देखिँदैन । काममा व्यवधान आउँदा, मनामा शंका उब्जिेनेछन् । स्वास्थ्यमा सामान्य गडबढी आउन सक्ने छ । साताको अन्तिम दिन भने तपाइँको राम्रो समय रहेको छ । पारिवारिक सम्बन्ध मजबुत देखिनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल प्राप्ति अवश्य हुनेछ । कर्कट राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता मूल, रंग सेतो, दिन सोमवार र बिहीवार, राशिस्वामी चन्द्र, संगत गर्ने योग्य राशि वृश्चिक र मीन, भाग्य अंक ४ ।

सिंह : यो सातामा अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । यात्रामा भने सावधानी अपनाउनु होला । बोलीको प्रभाव पनि बढ्नेछ । समाजसेवा तथा राजनीतिमा बढी रुचि जाग्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आयका स्रोतहरु बढ्ने देखिन्छ । लामो तथा छोटो दूरीको यात्रामा समय खर्चनुपर्नेछ । घरेलु काममा अलमलिँदा महत्वपूर्ण कार्य ओझेलमा पर्न पनि सक्छ । अनुसन्धानात्मक क्षेत्रमा बढी रुची जाग्नेछ । बिहीबारको दिन राम्रो देखिदैन, मनमा अनेक तर्क वितर्कको अन्तर्संघर्ष देखिनेछ । जबर्जस्ती कामहरु थाल्नुभयो भने बीचमै रोकिनेछन् । शुक्रबार र शनिबार भने सुखद् देखिन्छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । मान, प्रतिष्ठा र ईज्जत कमाउनुहुनेछ । प्रेम सम्बन्धमा पनि सुधार आउने छ । यो सातामा अनावश्यक खर्च भने बढ्ने देखिन्छ । वैदेशिक यात्राको अवसर मिल्नेछ । अनुभव नभएको व्यवसायमा ठूलो लगानी गर्दा नोक्सान हुन सक्छ । साताको अन्त्यमा शुभ तथा मांगलिक कार्यमा धन खर्च हुन सक्छ । मौनता अपनाउनु राम्रो हुनेछ । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । संह राशिको स्थायी कुराः तत्व अग्नि, गुणवत्ता स्थिर, रंग हल्का रातो, दिन रविवार, राशिस्वामी सूर्य, संगत गर्ने योग्य राशि मेष र धनु, भाग्य अंक ५ ।

कन्या : यो साता बोलीमा प्रभाव रहने भएकाले केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । धार्मिक यात्राको योग छ । मित्रजनको साथ मिल्ने छ । मन प्रफुल्लित, नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । जतिसुकै सहयोग गरे पनि आफन्तहरूले तपाईंको आलोचना भइरहनेछ । जोडी नम्बरको सवारी साधन तथा रातो रंगको पहिरनले यात्रा सहज बनाउने देखिन्छ । साताको शुरु र अन्त्यको दिन तपाइँका लागि मध्यम देखिन्छ । सोमबार स्वास्थ्यमा गडबढी देखिएला । शुरु गरेका कामहरु सम्पादन गर्न समय लाग्नेछ, ज्यानमा आलस्यता उब्जिने छ । सहयोग भन्दा पनि आश्वासन बढी पाइएला । गोप्य कुराहरु आफन्तलाई पनि नसुनाउँदा राम्रो हुनेछ । मंगलबार र बुधबार राजनीतिमा रुची जाग्नेछ । बिहीबार अध्ययनमा रुची बढ्ने छ । शुक्रबारको दिन पनि सुखद रहनेछ । जमघटको अवसर जुट्ने, मन प्रशन्न हुनेछ । कृषि तथा व्यापारमा पनि सन्तुष्टि मिल्ने छ । सम्मान पाउने योग छ । मनमा चञ्चलता पैदा हुने देखिन्छ । समग्रमा यो साता रमाइलोका साथ बित्ने देखिन्छ । कन्या राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि वृष र मकर, भाग्य अंक ३ र ६ ।

तुला : यो सातामा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनीतिक कार्यमा बाधा आउनेछ । साताको अन्त्य तपाईका लागि राम्रो देखिदैन । साताको शुरु दाम्पत्य जीवन सुखमय रहने, मनमा शान्ति छाउनेछ । सोमबारदेखि शुक्रबारसम्म रोकिएका कामहरु बन्ने सम्भावना देखिन्छ । बोलीमा प्रभाव रहने छ । आफन्तबाट पनि सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । गरिरहेका कामबाट सन्तुष्टि मिल्नेछ । यात्रा पनि फलदायी बन्नेछ । घरायसी सुख सुविधाले तपाईलाई प्रफूल्लित बनाउने छ । आर्थिक क्षेत्रमा सफलता मिल्ने योग । तर महिला साथीबाट धोका हुने, आलोचना गर्नेहरूले स–साना त्रुटि औंल्याइदिँदा आफू अझ उचाइमा पुगिनेछ । यो सातामा सूर्यको आराधनाले भयमुक्त हुन सहयोग पुर्याउनेछ । बाहिरी खानपान एवं भोजभतेरमा संयम अपनाउनुपर्नेछ । अरु दिन भने तपाईका लागि मध्ययम रहनेछन् । साताको अन्तिम दिन खर्चको योग बढी देखिन्छ । अविश्वासको वातावरण बन्नेछ । कुनै आरोपसमेत लाग्नेछ । तपाईले गरेको मेहनतको प्रतिफल अर्कैका लागि हुने देखिन्छ । पारिवारिक खटपटको अवस्थासमेत सिर्जना हुने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । तुला राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता अस्थिर, रंग नीलो, दिन शुक्रबार, राशिस्वामी शुक्र, संगत गर्ने योग्य राशि मिथुन र कुम्भ, भाग्य अंक २ र ७ ।

वृश्चिक : यो साता तपाईको मध्यम छ । आँटेको र ताकेको कार्य पूरा हुने बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्ने, पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । बुधबार र बिहीबार तपाईका लागि राम्रो देखिन्छ । तपाइले चालेका योजनामा क्रमिश सुधार आएको आभास हुनेछ । शुक्रबारको दिन पनि सन्तोषजनक नै बित्नेछ । शनिबार सबैभन्दा उत्तम दिन छ । प्रतिस्पर्धीलाई उछिन्दै विशेष अवसर हात पार्न सकिनेछ । रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त होला । मन खिन्न रहे पनि पुनः उत्साह जाग्नेछ । अधिकार प्राप्तिका अथक प्रयास गर्नुपर्ने छ । प्रेम र मित्रताको बन्धन कसिन पनि सक्नेछ । जीवनशैलीमा परिवर्तन ल्याउन थप मेहनतको खाँचो छ । साताको शुरु र अन्त्य तपाईका लागि शुभ रहने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो बन्नेछ । दाम्पत्य जीवन सुखमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । स्वास्थ्यमा गडबढी आउने देखिन्छ । तपाईको मेहनतको प्रतिफल अरुले नै लिने योग देखिन्छ । वृश्चिक राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता स्थिर, रंग रातो, दिन मंगलवार, राशिस्वामी मंगल, संगत गर्ने योग्य राशि कर्क र मीन, भाग्य अंक १ र ८ ।

धनु : यो साता तपाईका लागि त्यति राम्रो देखिँदैन । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाट टाढा रहनुहोला । मनमा चिन्ता, यात्रामा बाधा, अडचन आउने, महत्वपूर्ण अवसर गुम्न सम्भावना देखिन्छ । आफ्नैबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । पहेंलो रंगलाई प्राथमिकता दिए मनमा उत्साह सञ्चार हुन सक्छ । ईष्टमित्र तथा आफन्तकै विश्वास गुमाउने खतरा छ । अदालती निर्णयहरु तपाईकै पक्षमा आउँने देखिँदैन । शत्रुपक्ष बलियो हुने देखिन्छ । तपाइको मनोबल पनि गिर्नेछ । अन्य दिनको तुलनामा बुधबार र बिहीबार भने तपाईका लागि समय राम्रो देखिन्छ । लामो समयदेखि रोकिएको कामको गाँठो स्वतः फुक्नेछ । रचनात्मक कामले हितैषीहरूको मनमा प्रभाव पार्नेछ । केही खुशीका क्षणहरु आउने छन् । साताका अन्तिम दुई दिन पनि तपाईका लागि राम्रो देखिँदैन । स्वास्थ्यमा पनि सुधार आउँला । अध्ययनमा रुची जाग्ने, व्यापार व्यावसायमा तपाईले सोचेजस्तो नभए पनि औसत रहने छ । पारिवारिक समस्या देखिनेछ, अरुको बोलीमा विश्वास नगर्नुहोला । झुठा आरोप आइलाग्न सक्छन् । सवारी चलाउँदा चोटपटक तथा दुर्घटना हुन सक्छ, सचेत रहनुहोला । धनु राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्त द्विस्वभाव, रंग पहेलो, दिन बिहीबार, राशि वामी बृहस्पति, संगत गर्ने योग्य राशि मेष र सिंह, भाग्य अंक ९ र १२ ।

मकर : समग्रमा यो साता सुखद् नै हुने योग छ । जग्गा खरिद विक्रीका लागि शुभ हुनेछ । मनमा प्रशन्नता भएपनि पारिवारिक कलह हुनसक्छ । यो साताको पहिलो तीन दिन तुलनात्मकरुपमा राम्रो नदेखिए पनि त्यसपछिका चार दिन भने उत्तम रहनेछन् । नाम र दाम दुवै कमाउने योग छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै रुची रहेपनि त्यो दीगो बन्नेछ । सिर्जनात्मक काममा हात हाल्नुहोला । माया प्रेममा सुमधुरता । व्यापार व्यावसायमा सन्तुष्टि प्राप्त हुने योगछ । यात्रा रमाइलो बन्नेछ । छोटो दूरीको यात्रा तय गर्दा राम्रो हुनेछ । सामाजिक सम्बन्धहरुमा सामिप्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । चाँडै अरुको विश्वास नगरिहाल्नुहोला । पारिवारिक साथ–सहयोग मिल्नेछ । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनु उत्तम हुनेछ । पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाइ गर्नाले पछि परिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । मकर राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता अस्थिर, रंग कालो, दिनःशनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि वृष र कन्या, भाग्य अंक १ र २ ।

कुम्भ : यो साता तपाईका लागि औसत रहने छ । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । टाढा रहेका साथीहरूसँग बिग्रिएको सम्बन्ध पुनः स्थापित हुनेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धिसँगै वैदेशिक रोजगारीको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । बहुमूल्य धातु तथा विलासिताका साधन खरिद गर्दा होसियारी अपनाउनुपर्नेछ । सरोकारका विषयमा सपरिवार संलग्न भइनेछ । पठनपाठनमा मन जानेछ । यात्रा रमाइलो हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले प्रफुल्लित हुनुहुनेछ । सातको अन्तिम दिन विवाद तथा आरोप आइलाग्न सक्छ । आश्वासन बाढ्नेहरु बढी आउनेछन् । सबैभन्दा उत्तम दिन बिहीबार हुनेछ भने सबैभन्दा नराम्रो दिन शनिबार छ । शनि देवको पूजाविधि अपनाउनुहोला । बिहीबार उत्तम दिन भएको हुँदा शुभ कार्यमा हात हाल्दा राम्रो सोमबारबाट थालनी गरेपछि नराम्रो देखिँदैन । बाहिर खानु अघि विचार गर्नुहोला किनकी स्वास्थ्यमा समस्या आउन सक्छ । कुम्भ राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता स्थिर, रंग कालो, दिन शनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि मिथुन र तुला, भाग्य अंक २ र १ ।

मीन : यो साता तपाईको सुखद् रहनेछ । धार्मिक यात्राको योग, अचल सम्पत्ति हात पर्ने राम्रो सहयात्रीको साथ पाइने सम्भावना प्रवल छ । पराक्रमसँग जोश जागर बढ्नेछ । लगानीको प्रतिफल प्राप्त हुनेछ । विरोधीहरु कमजोर सावित हुनेछन् । अनेक कुराहरु सुनिए पनि तपाइको बोलीको प्रभाव पर्नेछ । पारिवारिक सम्बन्धमा पनि सुधार आउने छ । आर्थिक लाभको योग छ । अध्यन अध्यापनमा अभिरुचि बढेर जानेछ । साताको अन्त्यमा स्वास्थ्यमा गडबढी देखा पर्न सक्छ । वैदेशिक यात्राको पनि योग देखिन्छ । घर जग्गाको कारेबार गर्दा राम्रै हुने देखिन्छ । व्यापार व्यवसायबाट पनि आन्दानी राम्रै हुनेछ । उपहार तथा भौतिक सम्पति प्राप्तिको योग छ । आफ्नो सफलतालाई अझ माथि लान मन मिल्ने साथीभाइको सुझाव आत्मसात् गर्नुहोला । स्वदेश तथा विदेशका विविध क्षेत्रमा अरूको मन जित्न सकिनेछ । प्रेमी–प्रेमिकाबाट आफूले अपेक्षा गरेभन्दा बढी सहयोग पाइनेछ । सुनौलो रंगलाई पछ्याउँदा अपेक्षा गरेभन्दा छिटो सफलता हात पर्नेछ । मनमा शान्ति मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । मीन राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता द्विस्वभाव, रंग पहेलो, दिन गुरुवार, राशिस्वामी गुरु, संगत गर्ने योग्य राशि कर्क र वृश्चिक, भाग्य अंक ९ र १२ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ