arrow

कुवेतमा भारतले भन्यो- अल्पसंख्यकविरुद्ध आपत्तिजनक ट्विट गर्नेलाई कडा कारबाही

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
Indian-Embassy-Kuwait.jpg

काठमाडौं । अल्पसंख्यकविरुद्ध आपत्तिजनक ट्विट गर्ने व्यक्तिहरु विरुद्ध कडा कदम चालेको भारतले आइतबार कुवेतलाई बताएको छ । 

भारतमा विभिन्न व्यक्तिहरूले अल्पसंख्यकविरुद्ध आपत्तिजनक ट्विट गरेको विषयमा कुवेतको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यको विषयमा कुवेतस्थित भारतीय दूतावाससँग गरिएको प्रश्नमा दूतावासले भारतले त्यस्ता व्यक्तिहरु विरुद्ध कडा कदम चालेको बताएको हो ।

दूतावासले भनेको छ,'राजदूत सिबी जर्जले परराष्ट्र कार्यालयमा भेट गरेका थिए जसमा भारतमा केही व्यक्तिहरूले केही आपत्तिजनक ट्विटहरूका सम्बन्धमा चिन्ता व्यक्त गरेका थिए।'

अल्पसंख्यकविरुद्ध आपत्तिजनक ट्विट गर्ने केही व्यक्तिहरूमाथि यसअघि नै पनि कडा कदम चालिइसकेको भारतीय दूतावासले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ