arrow

जम्मू-कश्मीरमा सर्वसाधारणको हत्या श्रृंखलाको निन्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
Aga Syed Hassan Mosavi.jpg

काठमाडौं । भारतकाे जम्मू-कश्मीरमा आम सर्वसाधारणलाई लक्षित गर्दै हत्या गरिएको घटनाको विद्वानवर्ग र विभिन्न आस्थाका धार्मिक नेताहरूले निन्दा गरेका छन् ।

जम्मू कश्मीरमा अन्जुमन शरी शियानले सबै धर्मका विद्वान र धार्मिक नेताहरूको सहभागितामा दोस्रो अन्तर विश्वास संवाद सम्मेलन २०२२ आयोजना गरेको थियो।

एक विज्ञप्तिमा उल्लेख गरिए अनुसार यो सम्मेलनको आयोजना अन्जुमन शरीको अन्तरविश्वास संवाद च्याप्टरले गरेको हो । 'तेस्रो तनाव कम गर्नु समयको आवश्यकता हो' भन्ने विषय सम्मेलन केन्द्रीत थियो ।

अन्जुमन ए शरी शियान जम्मू र कश्मीरका अध्यक्ष आगा सैयद हसन मोसावीले ईश्वरमा विश्वास र ईश्वरकै मानिसहरूको सेवाको सार सबै ईश्वरीय धर्महरूमा पाइनेमा आफ्नो विश्वास रहेको बताएका छन् ।

'यो सम्मेलनले हामीलाई पवित्र कुरानको सिद्धान्त र पैगम्बर मुहम्मदको जीवन शैली र आचरण अनुसार कसरी एकसाथ बसेर जातीयवाद, चरमपन्थ, युद्ध र रक्तपातबाट सुरक्षित र स्वस्थ संसार बनाउन सिकाउँछ,' उनले भने ।

सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा पण्डित समुदायका सदस्य र गैर स्थानीयको लक्षित हत्याको सर्वसम्मतिले भत्र्सना गर्दै उनीहरुप्रति पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गरिएको छ ।

यस्तै उनले निहीत स्वार्थ बोकेका स्वार्थी दुष्ट शक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न कट्टरतालाई बढाउने र साम्प्रदायिक असमानता सृजना गर्ने काम गरेको बताएका छन् ।

उनले अघि भनेका छन्, 'तर अन्तरधार्मिक संवादले विभिन्न धर्मका मानिसहरूलाई एकै ठाउँमा भेला हुन र आ–आफ्ना धर्महरूबारे छलफल गर्न एवं शंकाहरूलाई स्पष्ट पारेर अन्तर धार्मिक समझलाई प्रवर्द्धन गर्दै अन्तर धार्मिक सम्बन्धहरू सिर्जना गर्ने ठाउँ प्रदान गर्दछ, जसले धार्मिक र धार्मिक समुदायहरू बीचको द्वन्द्वलाई जोगाउँछ।'


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ