arrow

निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सरकारले गर्‍यो निलम्बन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
yubraj-adhikari-nac-chairman.jpg

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्न प्रस्ताव गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको प्रस्ताव स्वीकार गर्दै  निलम्बन गरेको हो । 

कार्यकारी अध्यक्ष अधिकारीमाथि कानुनी आधार र औचित्य बिना ट्वीनेटर विमान भाडामा दिएको, निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा विना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई ठलो वित्तीय हानि नोक्सानी पुर्‍याएको लगायतका आरोप लगाइएको छ । 

सरकारले उनी माथि छानबिन गर्न समिति गठन गर्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ