arrow

महाराष्ट्र सरकारमाथि खतरा, २५ विधायकसहित मन्त्री शिन्दे गायब

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
ekanath-sindhe.jpg

काठमाडौं । भारतको महाराष्ट्र सरकारमाथि तनाव उत्पन्न भएको छ । एमएलसी चुनावपछि मन्त्री भएका शिवसेना पार्टीका नेता एकनाथ शिन्दे २५ विधायकसहित गायब भएका छन् ।

उनले मुख्यमन्त्री उद्धव ठाकरेको फोनसमेत उठाइरहेका छैनन् । शिवसेनाका १५ र निर्दलीय र अन्य साना पार्टीका १० गरी २५ विधायक लगेर एकनाथ गुजरातको सुरतस्थित ली मेरिडियन होटेलमा बसिरहेको बताइएको छ ।

आज दिउँसो त्यहाँबाट पत्रकार सम्मेलन गर्दै विशेष घोषणा गर्ने सम्भावना रहेकोसमेत बताइएको छ । शिवसेनामाथि उपेक्षा भएको भन्दै उनले यस्तो निर्णय गरेको बताइएको छ ।

महाराष्ट्रमा शिवसेनाका १५ विधायकले विद्रोह गरे भने सरकार ढल्न सक्ने सम्भावना रहेको छ। वास्तवमा उद्धव ठाकरेको सरकारसँग राज्यमा १५३ विधायकहरूको समर्थन छ।

सरकार बनाउनका लागि १४४ विधायक चाहिन्छन् । यदि शिवसेनामा विभाजन भयो भने कांग्रेसका केही विधायकहरूले पनि पक्ष परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ