arrow

सन् २०२६ सम्ममा भारतको दिगो लगानी १२५ बिलियन डलर पुग्‍ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
india-flag.jpeg

काठमाडौं । जलवायु परिवर्तनको सजगताले विश्वव्यापी लगानीकर्ताहरूलाई दिगो लगानीलाई प्राथमिकता दिई दीर्घकालीन वित्तीय प्रतिफलका लागि मात्र नभइ सकारात्मक सामाजिक प्रभावहरू पनि प्रदान गरेको छ ।

संयुक्त राज्य अमेरिकामा व्यवस्थापन अन्तर्गतको सम्पत्तिको एक तिहाइ र विश्वव्यापी रूपमा ३६ प्रतिशत स्थायित्वमा लगानी हुँदा भारतीय दिगो लगानीमा पनि वृद्धि हुने भएको छ । 

निजी इक्विटी र भेन्चर क्यापिटलमार्फत १०–१५ प्रतिशत दिगो लगानी बनाइएको जनाएको छ। बेनोरी नलेजको रिपोर्ट अनुसार दिगो लगानी पछिल्लो समय वृद्धि भइरहेको जनाएको छ । पीई र भीसीको लगानीको अवस्था हेर्दा सन् २०२६ सम्ममा दिगो लगानी १२५ बिलियन अमेरिकी डलर पुग्‍ने जनाएको छ । 

बेनोरी अनुसन्धानका अनुसार दिगो लगानीमा नवीकरणीय उर्जा, एग्रिटेक, ई–मोबिलिटी र वेस्ट म्यानेजमेन्ट लगायतका क्षेत्रमा भइरहेको छ। ई–मोबिलिटीमा पनि दिगो लगानी बढ्दै गइरहेको पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ