arrow

दोस्रो विश्वयुद्धमा सोभियत संघमा नाजी जर्मनीले गरेको आक्रमणको सम्झनामा रुस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
putin-ussr-nazi-germany-invade.jpg

काठमाडौं । रुसले बुधबार दोस्रो विश्वयुद्धमा सोभियत संघमाथि नाजी जमर्नीको सेनाले आक्रमण गरेको दिनका रुपमा सम्झना मनाउँदै छ ।

सन् १९४१ को जुन २२ मा नार्जी जमर्नीको सेनाले हालको युक्रेनको राजधानी किभ, मास्को र बेलारुसमाथि आक्रमण गर्दै युद्ध शुरु गरेको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस स्मृति दिनका अवसरमा युद्धमा ज्यान गुमाउनेहरु प्रति सम्मान स्वरुप फूल अपर्ण गर्दै छन् ।

यस दिनको सम्झनामा रुसी रक्षा मन्त्रालयले आफ्नो आक्रमणलाई जायज देखाउन नाजी जमर्नीले सोभियत सेनाले गिर्जाघर र चिहानहरूमा बम विष्फोट गरिरहेको दाबी गर्न खोजेको कागजातहरू सार्वजनिक गरेको छ ।

'आजभोलि झैं सन् १९४१ मा नाजीहरूले हाम्रो राज्यलाई बदनाम गर्न अग्रिम उत्तेजक तयारी गरे', रुसको रक्षा मन्त्रालयले भनेको छ ।

जमर्नीका तर्फबाट एडल्फ हिटलरले यो युद्धको नेतृत्व गरिरहेका थिए भने सोभियतका तर्फबाट जोसेफ स्टालिनले हेरिरहेका थिए ।

करिब साढे २ करोड सर्वसाधरण, करिब ५१ लाख नाजी जमर्नीको सेना र करिब ८७ लाखदेखि १० करोड सोभियत सेनाले यस युद्धमा ज्यान गुमाएका थिए । सन् १९४५ को ९ मेमा समाप्त भएको युद्ध सोभियतले जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ