arrow

भारतीय मूलकी आरती प्रभाकर बाइडेनको प्रमुख विज्ञान सल्लाहकारमा मनाेनित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
Aarti-Prabhakar.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार भारतीय मूलकी अमेरिकी नागरिक डा आरती प्रभाकरलाई ह्वाइट हाउसको प्रमुख विज्ञान सल्लाहकारको रूपमा मनोनित गरेका छन् ।

सिनेटले अनुमोदन गरेमा डा प्रभाकर विज्ञान र प्रविधिका लागि बाइडेनको प्रमुख सल्लाहकार, विज्ञान र प्रविधिसम्बन्धी राष्ट्रपतिको सल्लाहकार परिषद्को उपाध्यक्ष र राष्ट्रपतिको मन्त्रिपरिषद्को सदस्य हुनेछिन् ।

'आज राष्ट्रपति बाइडेनले डा आरती प्रभाकरलाई विज्ञान र प्रविधि नीति कार्यालय (ओएसटीपी) को निर्देशकको रूपमा सेवा गर्न मनोनयन गर्ने आफ्नो इच्छा घोषणा गर्नुभयो । स्वीकृत भएपछि राष्ट्रतिको विज्ञान तथा प्रविधि असिस्टेन्ट, विज्ञान तथा प्रविधिका लागि राष्ट्रपतिको मुख्य सल्लाहकार, विज्ञान र प्रविधिमा राष्ट्रपतिको सल्लाहकार परिषद्को उपाध्यक्ष एवं राष्ट्रपतिको मन्त्रिपरिषद्को सदस्य हुनुहुनेछ,' ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

बाइडेनले डा प्रभाकरलाई एक प्रतिभाशाली र उच्च सम्मानित इन्जिनियर र अप्लाइड भौतिकशास्त्रीको रूपमा सम्मान गरेका छन् ।

यस्तै बाइडेनले अघि भनेका छन्, 'भारतीय अमेरिकीहरूले हाम्रा सम्भावनाहरू विस्तार गर्न, हाम्रा कठिन चुनौतीहरू समाधान गर्न र असम्भवलाई सम्भव बनाउन विज्ञान, प्रविधि र नवप्रवर्तनको लाभ उठाउनका लागि विज्ञान र प्रविधि नीतिगत कार्यालयको नेतृत्व गर्नेछन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ