arrow

भ्रातृ संगठनलाई पूर्णता दिन केन्द्रीय सभापति देउवालाई लुम्बिनी सभापति पुनको आग्रह

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७९ असार ८ बुधबार
lumbini-congress-sher-bahadur-deuba.jpg

कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल पार्टीका भातृ संगठनलाई पूर्णता दिन आग्रह गरेका छन् । 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा सभापति पुनले भ्रातृ संगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरूले स्थान नपाएको बताउँदै छिटो भन्दा छिटो भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको पूर्णता दिन अनुरोध गरेका हुन् । 

सभापति पुनले जिल्ला र प्रदेश तहका भ्रातृ संगठनको समिति निर्माण एवम् अधिवेशन गर्न त्यहीको पार्टी समितिलाई जिम्मा दिनु पर्ने धारणा राखेका छन् । सभापति पुनको जवाफमा प्रधानमन्त्री देउवाले संगठनको कार्यसमितिलाई पूर्णता दिन सम्बन्धित संगठनका अध्यक्षहरूलाई निर्देशन दिएको बताउँदै अब छिट्टै संगठनले पूर्णता पाउने आश्वासन दिएका छन् । 

उनीहरूबीच स्थानीय निर्वाचनको समीक्षा तथा आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको बारेमा पनि छलफल भएको सभापति पुनको सचिवालयले जनाएको छ । 

भेटमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, सहमहामन्त्री खगराज पाण्डे, प्रवक्ता प्रचण्ड विक्रम न्यौपाने लगायतका नेताहरूको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ