arrow

हेटौंडामा नाै दिनदेखि होटलमा बन्धक बनाएर पैसा माग्ने तीन युवा पक्राउ

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ असार ८ बुधबार
firauti.jpg

हेटौंडा। हेटौंडाको एक होटलमा बन्धक बनाएर फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कको ट्राभल होटल एण्ड लजमा पर्सा वीरंगज महानगरपालिका वडा नं. १९ बस्ने २७ वर्षीय अमनकुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फिरौती रकम माग गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गत जेठ २९ गतेदेखि श्रीवास्तवलाई होटलको १०७ नम्बर कोठामा बन्धक बनाएर राखेको पाइएको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेको थियो ।

बन्धक बनाई घरमा फोन गर्न लगाउने हेटौंडा-१५ बस्ने २९ वर्षीय सुरेश लामा, २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामालाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ