arrow

कार्बन उत्सर्जनलाई शून्यमा पुर्‍याउन उद्योगको मूख्य भूमिका – राष्ट्रपति कोविन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
ramnath-kovind.jpg

नयाँ दिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतको नेट शून्य उत्सर्जन प्रतिज्ञाको लागि उद्योगको मूख्य भूमिका भएको बताएका छन् । उनले कम विकसित क्षेत्रहरूको विकासलाई बढावा दिन व्यक्तिगत र सामूहिक रूपमा पहलहरु अपनाउन व्यवसायी समुदायलाई आग्रह गरेका छन् । 

राष्ट्रपतिले कानपुरमा मर्चेन्ट्स चेम्बर अफ उत्तर प्रदेशको ९०औँ वार्षिकोत्सवको अवसरमा बोल्दै जलवायु परिवर्तनलाई कम गर्ने अहिलेको मुख्य काम भएकोसमेत बताएका छन् । 

जलवायु परिवर्तनलाई गम्भीर समस्याको रूपमा लिँदै राष्ट्रपति कोविन्दले सरकारले सन् २०३० सम्ममा भारतले आफ्नो कार्बन उत्सर्जनलाई एक अर्ब टनले घटाउने र सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थतन्त्र बन्‍ने प्रयास गरेको बताए ।

‘यो लक्ष्य हासिल गर्न उद्योगहरूको सहयोग महत्त्वपूर्ण छ। विश्वभरका धेरै कम्पनीहरूले शून्य कार्बन अर्थतन्त्रमा योगदान दिइरहेका छन् । त्यसैले उद्योगका प्रतिनिधिहरूबाट विद्यमान उद्योगमा प्रदूषण कम गर्ने मात्र नभई वातावरणमैत्री नयाँ उद्योग स्थापनामा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ’, राष्ट्रपतिले भने ।

गत सेप्टेम्बरमा भएको जलवायु सम्मेलनमा सरकार प्रमुखहरुले कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य लिएका छन् । उक्त लक्ष्यअनुसार सरकारले काम गर्नुपर्ने हुन्छ। विश्वकै सबैभन्दा दोस्रो ठूलो कार्बन उत्सर्जन गर्ने चीनले भने कोइलाको प्रयोगलाई थप बढावा दिइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ