arrow

एसपीपी अघि नबढाउने निर्णयको चीनले गर्‍यो प्रशंसा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
wang-wenbin.jpg

काठमाडौं । नेपाल सरकारले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) अघि नबढाउने निर्णयको चीनले प्रशंसा गरेको छ । बिहीबार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । 

६ गते सोमकार बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेको थियो । 

नेपालको मित्रवत् र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार भएकाले चीनले नेपाल सरकारको निर्णयको प्रशंसा गरेको उनले बताए । 

'चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई कायम राख्न र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिबद्धतालाई समर्थन गर्न जारी राख्नेछ। क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्न चीन तयार छ ।' प्रवक्ता वेनबीनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ