- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अपडेट
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।
मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका हुन् । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।
शुरुमा मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ घटाइएपछि नयाँ मूल्य १६३ हुन आउने बताएका थिए । तर अहिलेको मूल्य १९२ रुपैयाँमा २८ घटाउँदा १६४ हुन आउँछ । बारम्बार मन्त्री बडूले २८ रुपैयाँ घटाएपछि १६३ भएको बताइरहेपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले २८ घटाउँदा १६४ हुन्छ भनेका थिए ।
त्यसपछि मन्त्री बडूले डिजेलको नयाँ मूल्य १६३ नै भएको र त्यसका लागि जति घटाउनुपर्ने हो घटाउन निर्देशक थानीलाई निर्देशन दिए । मन्त्री बडूले भने, ‘१६३ नै हो । कति घटाउँदा हुन्छ त्यति घटाउनुस् ।’
घटाइएको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने छ ।
यसअघि शनिबार बिहान बसेको सत्ताधारी गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो । पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर मूल्य समायोजन गरिएको हो ।