- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन् । सुनार डेरामा शनिबार मृत भेटिएकी हुन् ।
सुर्खेत घर भएकी सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले समामाजिक सञ्जाल फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् ।
महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। उनको मृत्युको घटना अनुसन्धानमा सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ ।
सुनार केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट पनि घोषित भएकी थिइन् ।
राजु परियार लगायत केही गायकसँग केही गीतमा स्वर दिएकी सुनार लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् ।