arrow

मुख्यमन्त्री आदित्यनाथ चढेको हेलिकप्टर आकस्मिक अवतरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
yogi-adhityanath.jpg

काठमाडौं ।  उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेको हेलिकप्टरलाई आकस्मिक अवतरण गर्नुपरेको छ ।  

मुख्यमन्त्रीको हेलिकप्टरमा चरा ठोक्किएपछि हेलिकोप्टरलाई वाराणसी प्रहरी केन्द्रमा आकस्मिक अवतरण गर्नुपरेको हो ।

आइतबार बिहान उनी प्रहरी लाइनबाट हेलिकोप्टरमार्फत लखनउ जाँदै थिए । उडेको ५ मिनेट मै पाइलटले हेलिकप्टरलाई ल्याण्ड गराएका थिए । मुख्यमन्त्री वतपुर विमानस्थलबाट अर्को विमानमा लखनउ प्रस्थान गरेका छन् । 

 प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई ध्यानमा राख्दै मुख्यमन्त्री योगी आदित्यनाथ विकास निर्माणको समीक्षा र निरीक्षण गर्न दुई दिने वाराणसी भ्रमणमा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ