arrow

उर्जापछि रुसी सुनमाथि पनि प्रतिबन्ध लगाउने जी७ को तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
g7summit-g7.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार संयुक्त राज्य अमेरिका र अन्य सात प्रमुख अर्थतन्त्रहरूको समूहले रूसबाट सुनको आयातमा प्रतिबन्धको घोषणा गर्ने बताएका छन् । रुसले युक्रेनमाथि गरेको आक्रमणको बदलामा पश्चिमी मुलुकहरुले मास्कोलाई अर्थतन्त्रबाट अलग बनाउन खोज्नेतर्फको यो अर्काे कदम हो ।

यसको औपचारिक घोषणा भने मंगलबार हुने अपेक्षा गरिएको छ । आज अर्थात् आइतबारदेखि पर्सी मंगलबारसम्म जर्मनीमा प्रमुख अर्थतन्त्रहरुमध्येका सात जी७ लगायतको शिखर सम्मेलन हुँदैछ ।

बाइडेन र र उनका सात सहयोगीहरूको समूहले आइतबार शिखर सम्मेलनको उद्घाटनको दिनमा ऊर्जा आपूर्ति सुरक्षित गर्ने र मुद्रास्फीतिलाई सम्बोधन गर्ने रणनीतिहरूमा केन्द्रीत रहेर छलफल गर्ने बताइएको छ ।

शिखर सम्मेलनको औपचारिक उद्घाटन हुनुभन्दा केही घण्टाअघि रुसले आइतबार युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र प्रहार गरेको छ । कम्तीमा दुईवटा आवासीय भवनमा प्रहार गरिएको क्षेप्यास्त्र तीन हप्तामा रुसले किभमा गरेको यो पहिलो हमला हो ।

बाइडेन प्रशासनका वरिष्ठ अधिकारीहरूले मास्कोको ऊर्जा पछिको दोस्रो ठूलो निर्यात सुन भएको बताउँदै यसको आयातमा प्रतिबन्ध लगाउँदा रुसलाई विश्वव्यापी बजारमा भाग लिन झन कठिन बनाउने अपेक्षा गरेका छन् । जी ७ सम्मेलनले सुनसहित अन्य थप प्रतिबन्धको घोषणा गर्ने अनुमान गरिएको छ ।

जी ७ क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिकाको अन्तर सरकारी राजनीतिक फोरम हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ