arrow

पृथ्वीराजमार्ग फेरि अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
prithivi-rajmarga.jpg

चितवन । पृथ्वी राजमार्ग पुनः अवरुद्ध  भएको छ । पहिरो हटाई दुईतर्फी सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोला नजिकै १२ः१० बजे खसेको सुख्खा पहिरो पञ्छाई २ बजेबाट सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो । 

सडक सञ्चालनमा आएको केही छिनमै पुनः सोही ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको  इलाका  प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।

उनका अनुसार अहिले पहिरो पञ्छाउने काम भइरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ