arrow

अझै १२ वर्ष सत्तामा रहन खोज्दै बोरिस जोनसन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
boris-johnson-at-rwanda.jpg

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आउँदो दशकको मध्यसम्म सत्तामा रहने लक्ष्य राखेकाे बताएका छन् । उनको राजीनामाको माग बढेका बेला उनले सन् २०३० पछिसम्म सत्तामा रहने लक्ष्य राखेको बताएका हुन् ।

यदि उनको यो कदम सफल भएमा बेलायतको २०० वर्ष भन्दा लामो इतिहासमा सबैभन्दा लामो समय निरन्तर सेवा गर्ने नेता बन्ने छन् । यो (जुन) महिनाको शुरुमा उनी आफ्नै पार्टी कन्जरभेटिभका सांसदहरुको विश्वासको मतबाट जोगिएका थिए ।

उनका ४१ प्रतिशत संसदीय सहकर्मीहरूले उनलाई हटाउनको लागि मतदान गरेका थिए । विश्वासको मतबाट जोगिए पनि उनी जानाजानी संसदलाई भ्रामक पारेको विषयमा अनुसन्धानमा परेका छन् ।

शुक्रबार कन्जरभेटिभ पार्टीले दुई संसदीय उपचुनाव हारेको छ । यसअघि कन्जरभेटिका एक सांसद यौन दुर्व्यवहारमा दोषी ठहरिएपछि र अर्का हाउस अफ कमन्समा पोर्नोग्राफी हेरेकोमा संसदबाट बाहिरिएका थिए ।

कन्जरभेटिभ पार्टीको नियम अन्तर्गत अब आउँदो चरणको लागि जोनसनलाई कसैलाई चुनौती दिन सक्ने छैनन् । तर उनीमाथिको अत्यधिक असन्तुष्टि र वरिष्ठ मन्त्रीहरुको चरणवद्ध राजीनामा माग हुनुले उनलाई चुनौती दिनसक्ने ठानिएको छ।

बेलायत यतिबेला दशकौंको सबैभन्दा महँगो दैनिकीमा पुगेको छ भने मुद्रास्फीति ४० वर्षकै उच्च बिन्दूमा रहेको छ ।

पार्टीका पूर्व लिडर माइकल होवार्डले शुक्रबार अब जोनसनको लागि जाने समय आएको टिप्पणी गरेका छन् । यस्तै पार्टीका अध्यक्ष ओलिभर डाउडेनले उपचुनावमा भएको पराजय पछि राजीनामा दिएका छन् ।

यद्यपि जोनसनले भने क्षेत्रीय आर्थिक असमानता कम गर्न र बेलायतको कानूनी र अध्यागमन प्रणालीमा परिवर्तन गर्न समय दिनको लागि आफू तेस्रो कार्यकालको लागि कार्यालयमा रहन र सन् २०३० को मध्यसम्म प्रधानमन्त्री रहन चाहेको बताएका छन् ।

'अहिले म तेस्रो कार्यकालको बारेमा सक्रिय रूपमा सोचिरहेको छु र तपाईलाई थाहा छ त्यसपछि के हुन सक्छ। तर म यसलाई पुगेपछि समीक्षा गर्नेछु,' जोनसनले राष्ट्रमंडल शिखर सम्मेलनको लागि भ्रमणको अन्तिम दिन रुवान्डामा पत्रकारहरूसँग बोल्दै भनेका थिए ।

जोनसनले सन् २०२४ को डिसेम्बरमा बेलायतको अर्को राष्ट्रिय चुनाव बोलाउनुपर्ने छ र त्यसपछि २०२९ सम्ममा तेस्रो चुनाव जित्नुपर्नेछ।

यदि जोनसन २०३१ को प्रारम्भ भन्दा पछिसम्म पनि कार्यालयमा रहे भने उनले लामो समयसम्म लगातार सेवा गर्ने बेलायती प्रधानमन्त्रीको रूपमा मार्गरेट थ्याचरको कीर्तिमान तोड्ने छन् ।

जोनसन सन् १८१२ देखि १८२७ सम्म कार्यभार सम्हालेका बेलायती प्रधानमन्त्री रोबर्ट जेनकिन्सन, सेकेण्ड अर्ल अफ लिभरपुलपछि सबैभन्दा लामो समय निरन्तर सेवा गर्ने प्रधानमन्त्री बन्ने छन् ।

जोनसनले पत्रकारहरूसँग बोल्दै अब आफ्नो पार्टीभित्र अर्काे चुनौतीविरुद्ध लड्न नपर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ