arrow

केट मिडलटन शिरदेखि पाउसम्म आर्मी गियरमा देखिएपछि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
kate-middleton-british-princess.jpg

काठमाडौं । बेलायतको सशस्त्र बल दिवसमा बेलायती राजकुमार विलियमकी पत्नी डचेस अफ क्याम्ब्रिज केट मिडलटनले पूर्ण रुपमा सैन्य  पोसाक लगाएको फोटो शेयर गरेकी छिन् । 

इस्टाग्राममा शेयर गरिएको उक्त तस्बीरमा केट मिडलटन  टाउकोदेखि खुट्टाासम्म आर्मी गियरमा देखिन्छन् । एउटा सैन्य उपकरणको निरीक्षण गर्ने क्रममा उनी थोरै झुकेको देखिन्छिन् । त्यसपछि पोस्ट गरिएको अर्को तस्बीरमा उनी ट्यांकमा बसेर हेलमेट लगाएकी देखिन्छिन्् । दोस्रो तस्बीरमा उनको घाँटी मात्र देखिन्छ ।

तस्बीरको क्याप्सनमा उनले लेखेकी छिन्, ‘आज सशस्त्र सेना दिवसको अवसरमा विगत र वर्तमानमा हाम्रा सबै सशस्त्र सेनामा, समुद्रमा र भूमिमा सेवा गरिरहेका बहादुर पुरुष र महिलाहरूलाई राजकुमार विलियम र म श्रद्धान्जलि दिन चाहन्छौं ।  हामीलाई सुरक्षित राख्नको लागि तपाईं र तपाईंका परिवारहरूले बलिदान गर्नुभएकोमा धन्यवाद । ’

उनले ब्रिटिश एकेडेमीमा सेवा गर्ने कर्मचारी र नयाँ भर्तीहरूलाई कसरी तालिम दिन्छन् भनेर हेर्नको लागि समय बिताउन पाउँदा आफूलाई गर्व लागेको बताइन् । 

‘हामी सबैको सुरक्षाको लागि सेनाले खेलेको धेरै महत्वपूर्ण र विविध भूमिकाहरू फस्ट हेन्ड  देख्न पाउँदा अद्भुत थियो ’, उनले लेखेकी छिन् । केट मिडलटनका श्रीमान राजकुमार विलियम बेलायतको राजगद्दीको उत्तराधिकारीमा दोस्रो वरियताक्रममा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ