arrow

बाइडेनले भने- पुटिनले सोचेभन्दा सशक्त प्रदर्शन गर्‍यौं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
bidenputin-putin-biden.jpg

काठमाडौं ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन आक्रमणले पश्चिमी देशहरू तितरबितर नभएको बताएका छन् । जी सेभेन शिखर सम्मेलनको प्रारम्भिक सत्रमा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो बताएका हुन्। 

बाइडेनले भने,' रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भएको आक्रमणको विरोधमा पश्चिमी देशहरू तितरबितर हुने सोचेका थिए । तर त्यसो भएन । हामीले सशक्त रूपमा विरोध प्रदर्शन गर्‍यौँ ।'

बाइडेनले यसका लागि सबै सहयोगी नेताहरूको प्रशंसा गरे। पुटिनले पहिलो दिनदेखि नै हाम्रो विखण्डनको पर्खाइमा रहेकाले भविष्यमा पनि हामी एकताबद्ध रहनुपर्ने बताए । 

बाइडेनले विशेष गरी आफ्ना जर्मन समकक्ष ओलाफ स्कोल्जको रुसी दबाबमा नआएकोमा प्रशंसा गरे। उनले ग्यासको आवश्यकता भए पनि रुसको गलत कामको विरोध गर्ने साहस जर्मनीले देखाएको बताए ।

रूसले युरोपेली देशहरूमा ग्यास आपूर्तिमा ४० प्रतिशत कटौती गर्दा धेरै कठिनाइहरू सिर्जना गरेको छ। कलकारखानाको उत्पादन घटेको छ भने ग्यास र बिजुलीको मूल्य धेरै गुणा बढेको छ ।

सम्मेलनमा बोल्दै जर्मन चान्सलर स्कोल्जले हालैका हप्ताहरूमा युरोपमा बढेको मुद्रास्फीतिले चिन्ता बढाएको बताए। उनले भने,' यसले विश्व अर्थतन्त्रमा असर पर्न सक्छ, मन्दी आउन सक्छ। खाद्यान्नको बढ्दो मूल्य पनि चिन्ताको प्रमुख कारण हो । जी सेभेनले यी सबै परिस्थितिहरूमा छलफल गर्नेछ।' 

जी सेभेन देशका नेताहरूले ६०० बिलियन डलरको विश्व पूर्वाधार निर्माण गर्ने योजना घोषणा गर्नेछन्। पार्टनरसिप फर ग्लोबल इन्फ्रास्ट्रक्चर  नाम रहेको  योजनामा ​​अमेरिकाले २०० अर्ब डलर लगानी गर्नेछ । योजना चीनको वान बेल्ट-वन रोड परियोजनाको जवाफमा आएको मानिन्छ। यो योजना विगतमा जी सेभेन नेताहरूले सहमति जनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ