arrow

दशगजामा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा चीन विरुद्ध प्रदर्शन (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
go-back-china-ktm-protest.jpg

काठमाडौँ। उत्तरी छिमेकी चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले सोमवार राजधानीमा प्रदर्शन गरेको छ। दशगजाभित्रै चीनले  तारबार लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो।

माइतीघरबाट सुरु भएको विरोध र्‍याली चीन विरोधी नारा लगाउँदै नयाँ बानेश्वर पुगेको थियो। विरोध र्‍यालीमा ‘गो ब्याक चाइना, चिनियाँ विस्तारवाद बन्द गर, मिचिएको भूमि फिर्ता गर, चिनियाँ हस्तक्षेप बन्द गर, अघोषित नाकाबन्दी खुल्ला गर’ लगायतका नारा लगाइएको थियो।

बानेश्वरमा आयोजित कोणसभालाई अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले सम्बोधन गरे। उनले चीनले दशगजामै तारवार र भौतिक संरचना बनाउँदा समेत नेपाली प्रशासन मूकदर्शक भएर बसेको भन्दै आक्रोश व्यक्त गरे। तर, गोरखाका सिडिओ सङ्कर हरि आचार्यले भने त्यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।

सीमा सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता अनुसार दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउन वा तारवार लगाउन पाइँदैन। त्यसका लागि दुई पक्षीय सहमति आवश्यक पर्छ। तर, रुईला नाकामा चीनले दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ।

दशगजामा तारबार लगाएपछि नेपाल–चीन आवतजावत बन्द छ। अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको स्थानीयको गुनासो छ। त्यहाँ चीनले सिसी क्यामेरा राखेर निगरानी समेत गर्ने गरेको छ।

यसअघि चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित ङुइला नाकामा पनि चीनले तारबार लगाएको थियो। तर, पछि त्यसलाई हटाइयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ