arrow

रुसले थप ४३ क्यानेडियालीलाई कालो सूचीमा राख्ने

logo
एएफपी,
प्रकाशित २०७९ असार १३ सोमबार
russia-canada-flag.jpg

मस्को। युक्रेनमा रुसले आक्रमण गरेको आरोपमा ओटावाले लगाएको प्रतिबन्धको जवाफमा रुसले सोमबार थप ४३ जना क्यानेडियालीलाई आफ्नो इलाकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।

रुसी विदेश मंत्रालयद्वारा प्रकाशित नयाँ कालो सूचीमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीका नेता सुजान कावन र क्यानेडियाली तथा बेलायती केन्द्रीय बैङ्कका पूर्व गभर्नर मार्क कार्नी समावेश रहेका छन् । रुसले वरिष्ठ निजामती कर्मचारी, उच्च अधिकारीका राजनीतिक सल्लाहकार र नागरिक समाजका सदस्यहरूलाई पनि दण्डित गरिएको जनाएको छ। 

मस्कोको विदेश मन्त्रालयले ट्रुडो सरकारको ‘रूसोफोबिया’को आलोचना गरेको छ।

युक्रेनमा आफ्नो आक्रमणको सुरुवातदेखि नै रुसले आफ्नो इलाकामा प्रवेश गर्न सोमबार घोषणा गरिएकालगायत ७०० भन्दा बढी क्यानेडियालीहरूलाई प्रतिबन्ध लगाएको छ।

मे महिनामा क्रेमलिनले क्यानेडियाली राष्ट्रिय सार्वजनिक प्रसारक सीबीसी÷रेडियो–क्यानडाको मस्को कार्यालय बन्द गरी आफ्ना पत्रकारको भिसा र मान्यता पास रद्द गरेको थियो। 

यो कदम मार्चमा रुसी राज्य सञ्चालित सञ्चारमाध्यम आरटीमा प्रतिबन्ध लगाउने क्यानेडाको निर्णयको बदलामा भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ