arrow

शाहरुख-गौरीको संयुक्त सम्पत्ति ७३ अर्ब भारु, दीपिका र रणवीर थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
Shah-Rukh-Khan-gauri.jpg

काठमाडौं । शाहरुख र गौरीले सन् १९९१ मा विवाह गरेका थिए । विगत केही वर्षदेखि बी टाउनको पावर कपलको सूचीमा छन् । दुवैको कुल सम्पत्ति करिब ७३ अरब ४ करोड भारतीय रुपैयाँ रहेको छ । 

गौरी खानको ‘गौरी खान डिजाइन’ नामको आफ्नै डिजाइन स्टुडियो छ। यस बाहेक दुवै निर्माण कम्पनी ‘रेड चिलीज इन्टरटेनमेन्ट’का मालिक पनि हुन् ।

दीपिका पादुकोण र रणवीर सिंह २०२२ मा एसियाका चार धनी सेलिब्रेटी जोडी भित्र परेका छन् । सूचीमा अन्य तीन पावर जोडीहरूमा हङकङका चर्चित अभिनेता टोनी लेउङ-क्यारिना लाउ, दक्षिण कोरियाली सुपरस्टार रेन - किम ताए-ही, साथै सिंगापुरका फ्यान वोङ र क्रिस्टोफर ली छन्।

दीपिका पादुकोण र रणवीर सिंहले सन् २०१८ मा विवाह गरेका थिए । फिल्म बाहेक दुबै सेलिब्रेटीले ब्रान्ड एन्डोर्समेन्ट र सोशल मिडियाबाट करोडौं रुपैयाँ कमाउँछन्। 

दुबैको संयुक्त कुल सम्पत्ति लगभग ४ अरब ४५ करोड छ। रिपोर्टका अनुसार दीपिकाले ब्रान्ड एन्डोर्समेन्टबाट करिब ७८ करोड कमाउँछिन् ।

अक्षय कुमार एक वर्षमा ४-५ फिल्म खेल्छन् । यही कारणले उनको नाम फोर्ब्सको सबैभन्दा धनी सेलिब्रेटीको सूचीमा पनि परेको छ । 

ट्विंकल खन्ना एक सफल लेखिका हुन् । यो जोडीसँग क्याप अफ गुड फिल्म्स र मिस फनी बोन जस्ता उत्पादन पनि गर्छन्। अक्षय र ट्विंकलको संयुक्त सम्पत्ति ३१ अरब ९५ करोड भारतीय रुपैयाँ छ ।



नयाँ