arrow

रुसविरुद्ध आक्रामक कदम: तीन लाख बढी सेना उच्च तयारीमा राख्ने नेटोको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
Jens-Stoltenberg.jpg

काठमाडौं । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गलेले शीत युद्धपछिकै ठूलो सामुहिक रक्षा प्रतिरोधको ठूलो परिमागर्न गर्न नेटो गठबन्धन प्रतिबद्ध रहेको बताएका छन् ।

३० सदस्यीय गठबन्धनको सबैभन्दा महत्त्वपूर्ण दस्तावेज तथाकथित रणनीतिक अवधारणामा निर्णय गर्न नेटो नेताहरूले यस हप्ता स्पेनको म्याड्रिडमा भेला हुने तयारी गरिरहेको अवस्थामा उनको टिप्पणी आएको हो ।

लगभग हरेक दशकमा अद्यावधिक गरिने यो दस्तावेजले नेटोको नीतिहरुलाई पुन पुष्टि गर्नेछ । यसका साथै यसले सुरक्षा चुनौतीहरूको सामूहिक मूल्याङ्कन प्रदान गर्छ भने गठबन्धनको भविष्यको राजनीतिक र सैन्य विकासको लागि मार्गदर्शकको रूपमा कार्य गर्दछ।

युक्रेनमा राष्ट्रपति भ्लादिमिर पुटिनको हमलापछि नेटोले रुसलाई  सबैभन्दा महत्त्वपूर्ण र प्रत्यक्ष सुरक्षा खतरा भनेर मान्यता दिने तयारी गरेकोसमेत स्टोल्टेनबर्गले बताएका छन् ।

'यस हप्ता म्याड्रिडमा हुने हाम्रो नेटो शिखर सम्मेलन सुरक्षाका लागि नयाँ रणनीतिक अवधारणा एवं परिवर्तनकारी निर्णयहरुसहित धेरै महत्त्वपूर्ण हुनेछ,' स्टोल्टेनबर्गले पत्रकार सम्मेलनमा भनेका छन् ।

उनले भनेका छन्, 'हामी हाइरेस्पोन्स फोर्सलाई रूपान्तरण गर्नेछौं र हाम्रो उच्च तयारी सेनाको संख्यालाई ३ लाखमा बढाउँछौं ।'

यो प्रतिबद्धताले नेटोको तयारी अवस्थामा रहेको सैन्य संख्या करिब ६५० प्रतिशतले वृद्धि हुनेछ । जुन हाल करिब ४० हजार रहेको छ ।

'यी सेनाहरूले घरेलु रक्षा बलहरूसँग मिलेर अभ्यास गर्नेछन्, र तिनीहरू स्थानीय भूभाग सुविधाहरूसँग परिचित हुनेछन् ताकि तिनीहरूले कुनै पनि आपतकालीन अवस्थामा सहज र द्रूत रूपमा प्रतिक्रिया दिन सक्नेछन्,' स्टोल्टेनबर्गले भने ।

यस्तै पर्याप्त सैन्य निर्माणको लागि नेटो सदस्यहरूबाट थप लगानी आवश्यक हुनेसमेत बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ