arrow

वामदेव सर्वोच्च अदालतप्रति रुष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
bamdev-gautam44433.jpg

काठमाडौं । नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले कम्युनिष्ट पार्टीलाई शत्रुतापूर्ण अवस्थामा पुर्याएको बताएका छन् । आफू नेतृत्वको नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा कार्यक्रममा अध्यक्ष गौतमले साविक नेकपा खारेज, एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण र हानिकारक साविक भएको बताए । 

सो आदेशले कम्युनिष्ट पार्टीलाई शत्रुतापूर्ण अवस्थामा पु¥याएको गौतमले बताए । नयाँ पार्टी घोषणा कार्यक्रममा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सर्वोच्च अदालतको निर्णयले पुनर्स्थापित नेकपा एमाले पुनः विभाजन उन्मुख भयो र केही महिनापछि साँच्चिकै विभाजित भएरै छोड्यो । जुन तपाईहरुलाई अवगत नै छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको त्यो निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरुका बीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको छ । साथै नेपालको राजनीतिक अवस्थामा गम्भीर नकारात्मक प्रभाव बृद्धि भइरहेको छ । यी तथ्यहरुको आधारमा भन्नुपर्दा सर्वोच्च अदालतको निर्णय त्रुटीपूर्ण र हानिकारक सावित भएको छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ