arrow

स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल हुन दिन टर्की सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
nato-turkey.jpg

काठमाडौं । नेटो साझेदार राष्ट्र टर्की फिनल्याण्ड र स्वीडेनलाई पश्चिमी गठबन्धनमा सामेल हुन दिन सहमत भएको छ । 

यसअघि टर्कीले फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल हुन नदिन भेटो शक्ति लगाउने चेतावनी दिएको थियो ।

टर्कीको यो कदमलाई युक्रेनमा रुसी आक्रमणविरुद्ध पश्चिमी गठबन्धनको एकताको परीक्षाका रूपमा समेत हेरिएको थियो ।

मड्रिडमा नेटो शिखर सम्मेलन सुरु हुनुभन्दा ठिक अघि चार घण्टाको वार्तापछि मङ्गलवार नेटोलाई यो सफलता हात लागेको हो ।

रुसविरुद्ध दृढ सङ्कल्प देखाउने उद्देश्यका ३० नेताहरूको सम्मेलनमा अन्यथा लज्जास्पद गतिरोधको स्थिति हुने सम्भावना रहेको थियो ।

टर्कीले भेटो हटाएसँगै अब, फिनल्याण्ड र स्विडेन सैन्य गठबन्धनमा सामेल हुनका लागि आफ्नो आवेदनको साथ अगाडि बढ्न सक्छन् ।

यसअघि दशकौँ तटस्थ रहिआएका नर्डिक मुलुकहरू नेटोमा सामेल हुनुलाई महत्त्वपूर्ण तरिकाले हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ