arrow

नबिल एसएसईलाई पुरस्कार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
nabil-sse-fellowship-program.jpeg

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचले पुरस्कार प्राप्त गरेको छ । उक्त ब्याचका २० जना फेलोहरुले पुरस्कार प्राप्त गरेका हुन् । उक्त ब्याचलाई इन्एबलर्स अफ सोसियल इन्टरप्रेनरशिप अवार्ड प्रदान गरिएको हो । नेपाल उद्योग परिसंघ अन्तर्गतको सीएनआईवाईईएफ नेपालले यो अवार्ड प्रदान गरेको हो । 
सीएनआईवाईईएफ नेपालले असार ११ गते काठमाडौंमा आयोजना गरेको सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम अन्तर्गत पहिलो ब्याचका २० जना सहभागीहरुलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो । 

२०७८ साल चैत ७ गतेदेखि शुरु गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रम अन्तर्गत देशभरका ३ सया ५० जना आवेदकमध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाबिद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा संचालन गरिरहेको छ । 

फेलोशिप कार्यक्रमका सहभागीहरुले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यन्न, कपडा उत्पादन, कफी शप संचालन लगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएको नबिल बैंकले जनाएको छ । 

हरेक महिना तीन  दिन आवासीय सिकाइ  र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम  ६ महिनासम्म चल्छ । बाँकी ६ महिनाका लागि सबै सहभागिहरुलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिने बैंकले जनाएको छ । 

सामाजिक उद्यम विकासका लागि शुरु गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गरिएको आयोजकको भनाइ छ ।  


सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट २०२२ युवाहरुलाई उद्यमशिलता प्रबर्धन गर्न आयोजना गरिएकोे थियो । यस कार्यक्रममा नेपालमा उद्यमशिलता विकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरुबाट विभिन्न विषयहरुमा प्रेरणादायी वक्तब्यहरु प्रस्तुत गरिएको थियो । 

उक्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरुले व्यवसाय विस्तारका लागि २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन् । 

कार्यक्रमको उद्योग मन्त्री दिलेन्दप्रसाद बडूले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल सरकारका अन्य उच्च पदाधिकारीहरुकोसमेत उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ