arrow

कृषि मन्त्री यादवले मेशिनबाट रोपे धान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
mahindra-raya-yadav-agriculture-minister-paddy-day.jpg

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री  महिन्द्रराय यादवले मेशिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा  मन्त्री यादवले मेशिन चलाएर धान रोपेका हुन् । 

सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए । १५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेशिनबाट धान रोपेका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ