arrow

जापानमा १५० वर्षयताकै खतरनाक गर्मीको लहर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
japan-heat-japanwarming.jpg

काठमाडौं । जापानमा झण्डै १५० वर्षयताकै सबैभन्दा खराब गर्मीको लहर चलेको छ । छाला पोल्ने गर्मी बढ्दा बिजुली अभावको आधिकारिक चेतावनी दिइएको छ भने, मानिसहरूलाई ऊर्जा संरक्षण गर्न आह्वान गरिएको छ ।

गर्मी बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्दै गएको छ । यस्तोमा जापान सरकारले हर्टस्ट्रोकबाट बच्न एयर कन्डिस्नरको प्रयोग गर्न सुझाव दिइरहेको छ ।

मौसमविद्हरूले आगामी दिनमा समेत गर्मी बढ्ने बताएका छन् । मानवीय कारणले नै निम्तिएको जलवायु परिवर्तनका कारण गर्मीको लहरहरू लगातार अधिक तीव्र र लामो समयसम्म चल्ने भएका छन्।

औद्योगिक युग सुरु भएदेखि नै विश्व लगभग १.१ डिग्री सेल्सियसले तातो भइसकेको छ र विश्वभरका सरकारहरूले उत्सर्जनमा ठूलो कटौती नगरेसम्म तापक्रम बढ्दै जाने भएको छ।

टोकियोको तापक्रम बुधवार लगातार पाँचौँ दिन ३५ डिग्रीभन्दा माथि रहेको छ । सन् १८७५ मा रेकर्ड सुरु भएदेखि जुन महिनाको यो तातो हावाको लहर अहिलेसम्मकै सबैभन्दा खराब बनेको हो ।

यसैबीच राजधानीको उत्तर पश्चिममा रहेको इसेसाकी सहरले ४०.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको छ । यो जापानको लागि अहिलेसम्मकै उच्च तापक्रम हो। जापानमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बढ्दो तापक्रमलाई लिएर दुःख व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ