- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो समय बलिउड स्टारलाई ज्यान जोगाउनुपर्ने बाध्यता आइ लागेको छ । केही आपराधिक समूहहरूले उनीहरूको ज्यान लिने धम्की दिँदै आएका छन् ।
गत महिना पञ्जाबी गायक सिद्धु मुसेवालाको गोली हानी हत्या गरिएको थियो । सो घटनापछि बलिउडमा धम्की दिन सुरु भएको बताइन्छ । हालै मूसेवाला हत्याकाण्डपछि धेरै सेलिब्रेटीलाई ज्यान मार्ने धम्की आएको छ ।
मूसेवालाको हत्या भएको केही दिनपछि बलिउड अभिनेता सलमान खानलाई धम्कीपूर्ण पत्र आएको थियो । यो चिठी उनका बुबा सलिम खानले मर्निङ वाकको क्रममा पाएका थिए ।
घटनाको पछाडि लरेन्स बिश्नोई गिरोहको नाम खुल्यो । कालो हरिण प्रकरणका कारण लरेन्सले सलमानलाई मार्ने धम्की दिएको थियो ।
बलिउडका चर्चित फिल्म निर्देशक तथा धर्मा प्रोडक्सनका मालिक करण जोहरलाई निशाना बनाउने प्रयास गरिएको थियो । पक्राउ परेका लरेन्स बिश्नोई गिरोहका सदस्य सिद्धेश काम्बलेले यो खुलासा गरेका हुन् ।
प्रहरीको सोधपुछका क्रममा काम्बलेले करणलाई धम्की दिएर पाँच करोड फिरौती गर्ने गिरोहको योजना रहेको बताएको थियो ।
अभिनेत्री स्वरा भास्करलाई पनि ज्यान मार्ने धम्की आएको छ । यो धम्की स्वरालाई स्पीड पोस्ट मार्फत दिइएको हो ।
हिन्दीमा लेखिएको उक्त चिठ्ठीमा अभिनेत्रीको ज्यान लिने उल्लेख गरिएको छ । उनलाई वीर सावरकरको अपनाम नगर्न र आफ्नो फिल्ममा मात्र ध्यान दिन चेतावनी दिइएको छ ।