arrow

नेटोको साम्राज्यवादी महत्त्वाकाङ्क्षाको निन्दा गर्दै फिनल्याण्ड र स्वीडेनलाई पुटिनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
vladimir-putin-russia.jpg

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको 'साम्राज्यवादी महत्त्वाकाङ्क्षा'को निन्दा गर्दै यस गठबन्धनमा सामेल हुन खोजिरहेका फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिएका छन् ।

बुधबार मध्य एसियाली एवं पूर्व सोभियत राज्य तुर्कमेनिस्तानमा क्षेत्रीय नेताहरूसँगको वार्तापछि पुटिनले यस्तो चेतावनी दिएका हुन् ।

नेटोमा सामेल भएर फिनल्याण्ड र स्वीडेनमा सैन्य तैनाथ एवं पूर्वाधार तयार गरेमा रुसले बदला लिने भन्दै पुटिनले चेतावनी दिएका हुन् ।

नेटो सदस्य टर्कीले फिनल्याण्ड र स्वीडेनको गठबन्धनमा सामेल हुनको लागि आफ्नो भेटो हटाएको एक दिन पछि पुटिनले यस्तो टिप्पणी गरेका हुन् ।

हेलसिंकी (फिनल्याण्डको राजधानी) र स्टकहोम (स्वीडेनको राजधानी) नेटोमा सामेल हुनु युरोपेली सुरक्षामा दशकौँपछि आएको सबैभन्दा ठूलो परिवर्तनहरू मध्ये एक हो।

'स्वीडेन र फिनल्याण्डसँग हाम्रो युक्रेनसँग भएको समस्या छैन। तिनीहरू नेटोमा सामेल हुन चाहन्छन् भने अगाडि बढुन्,' पुटिनले रूसी सरकारी टेलिभिजनसँग बोल्दै भनेका छन् ।

'तर उनीहरूले बुझ्नुपर्छ कि त्यहाँ पहिले कुनै खतरा थिएन, यदि त्यहाँ सैन्य दस्ता र पूर्वाधार तैनाथ गरियो भने हामीले पनि जवाफ दिनु पर्छ र हाम्रो लागि खतरा सिर्जना गरिएका क्षेत्रमा समान खतरा सिर्जना गर्नुपर्नेछ,' उनले अघि भनेका छन् ।

यस्तै उनले नेटोको सदस्य भइसकेपछि हेलसिंकी र स्टकहोमसँग मस्कोको सम्बन्ध पूर्ण रुपमा समाप्त हुने समेत बताएका छन् । 'हामीबीच सबै कुरा ठिक थियो, तर अब त्यहाँ केही तनाव हुन सक्छ, त्यहाँ पक्कै हुनेछ,' पुटिनले भने. 'यदि हामीलाई खतरा छ भने यो आवश्यक छ।'

रुसी सेनाले नागरिक पूर्वाधार साइटहरूमा आक्रमण नगरेको समेत  पुटिनले स्पष्ट पारेका छन् । उनले कहाँ के कुरा छ भन्ने थाहा पाउने क्षमता रुससँग रहेको बताएका छन् । रुसले नेटोको विस्तारवादलाई साम्राज्यवादी महत्त्वाकाङ्क्षाको संज्ञा दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ