arrow

जिहादीबाट बच्न भारतलाई ड्च सांसदको अपिल

logo
एजेन्सी,
प्रकाशित २०७९ असार १६ बिहिबार
geert-wilders-dutch-mp.jpg

नेदरल्याण्ड। पार्टी फर् फ्रीडमका संस्थापक एवं नेदरल्याण्डका सांसद गिर्ट विल्डर्सले उदयपुर हत्याकाण्डको निन्दा गरेका छन्। दक्षिणपन्थी नेता गिर्टले कन्हैयाको घॉंटी रेटेर गरिएको हत्यालाई जघन्य अपराध बताएका छन्। उनले जिहादीहरूबाट हिन्दुत्वलाई बचाउने अपिल गरेका छन्। गिर्ट पूर्व भाजपा नेत्री नूपुर शर्माको समर्थक थिए।

ट्विटमा गिर्टले भनेका छन्, भारत, म तपाईँलाई एक मित्र मानेर भनिरहेको छु, असहिष्णुताप्रति सहिष्णु हुनु बन्द गर्नुहोस्। जिहादी, आतङ्कवादी र कट्टरपन्थीहरूबाट हिन्दुत्वको रक्षा गर्नुहोस्। इस्लामको तुष्टीकरण नगर्नुहोस् नत्र मूल्य चुकाउनु पर्नेछ। 

हिन्दुहरूलाई यस्तो नेताको आवश्यकता छ जसले उनीहरूको शत प्रतिशत रक्षा गर्न सकुन्। यस अघि गिर्टले नूपुर शर्माको समर्थनमा ट्विट गरेर नूपुर शर्माले सत्य भन्दा अरब र इस्लामिक देश रिसाएको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ