arrow

प्रेस युनियनकाे महाधिवेशन साउन ६ र ७ गते हेटाैंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ असार १६ बिहिबार
unionnn.jpg

हेटाैंडा । नेपाल प्रेस युनियनकाे ९ ओैं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटाैंडामा हुने भएकाे छ । हेटाैंडाकाे राेयल पार्टी प्यालेसमा हुने महाधिवेशनकाे प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ । प्रेस युनियन केन्द्रीय समितिले बिहीबार हेटाैंडामा पत्रकार सम्मेलन गर्दै महाधिवेशनकाे तयारी तीव्र पारिएकाे जनाएकाे छ ।

बिहीबार नै रिगल हेटाैंडा रिसाेर्टमा महाधिवेशन तयारीकाे लागि सचिवालयसमेत उद्घाटन गरिएकाे छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सचिवालयकाे उद्घाटन गरेका हुन् ।

सचिवालय उद्घाटन गर्दै बानियाँले युनियनकाे महाधिवेशन सम्पन्न गर्न पार्टीले सबै प्रकारकाे सहयाेग गर्न तयार रहेकाे बताए । मुलुकमा लाेकतन्त्र र प्रजातन्त्रकाे रक्षा गर्न पत्रकारकाे अहम् भूमिका हुने भन्दै बानियाँले पत्रकारले सत्य र तथ्यमा आधारित भई सत्य सामग्री प्रवाह गर्नुपर्नेमा जाेड दिए ।

पत्रकार सम्मेलनमा बाेल्दै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनकाे महाधिवेशनकाे तयारी तीव्र पारिएकाे भन्दै साउन पहिलाे साता युनियनका देशभरका करिब १ हजार पाँच सय प्रतिनिधि र अतिथिहरुकाे सहभागितामा महाधिवेशन भव्य रुपमा सम्पन्न गर्ने बताए ।

विविध कारणले यसअघि युनियनकाे महाधिवेशन सर्दै आएकाेमा यस पटक भने जस्ताेसुकै कठिन परिस्थितिका बाबजुत पनि महाधिवेशन सम्पन्न गर्ने उनले प्रतिवद्धता जनाए ।

महाधिवेशनले युनियनकाे नयाँ कार्यसमितिसमेत निर्वाचित गर्ने छ । महाधिवेशन सम्पन्न गर्नकाे लागि युनियनले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संयाेजक राममणि दाहालकाे संयाेजकत्वमा स्थानीय समन्वय समिति गठन गरेकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ