arrow

पहिरोमा परी मणिपुरमा ६० जना पुरिए, सेनासहित १४ को शव निकालियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
pahiro-manipur-india.jpg

काठमाडौं । भारतको मणिपुरमा केही दिनदेखि जारी वर्षाका कारण पहिरो जाँदा ठूलो घटना भएको छ । बुधबार राति नोनी जिल्लाको तुपुल रेलवे स्टेसन नजिक पहिरो जाँदा एक सय सात जना सवार आर्मी क्याम्प पुरिएको छ । 

जसमा परी कम्तीमा ३० देखि ४० सेना पुरिएको जनाइएको छ । त्यहाँबाट २३ जनालाई अहिलेसम्म बाहिर निकालिएको छ । १४ जनाको भएको जनाइएको छ । अहिलेसम्म कति जना पुरिएका छन् भन्ने यकिन भएको छैन । 

उक्त पहिरोमा स्थानीय, सेना, रेल्वे कर्मचारी तथा मजदूरहरु गरी ६० जना पुरिएको आशंका गरिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मणिपुरका मुख्यमन्त्री बीरेन सिंहसँग कुराकानी गरेका छन् । उनले हरसम्भवको सहायता केन्द्रले गर्नेसमेत जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ