- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बीसीसीआईले टी-२० र एक दिवसीय खेल्ने खेलाडीको नाम टुङ्गाएको छ । इंग्ल्याण्डसँगको एक मात्र टेष्ट टी-२० र एक दिवसीय शृङ्खलाका लागि बिहीबार बीसीसीआईले भारतीय क्रिकेट टोलीको घोषणा गरेको हो ।
रोहित शर्माले इंग्ल्याण्डविरुद्धको टी-२० टोलीको कप्तानी गर्ने भएका छन् । उनले टी-२० सिरिजका तीन वटै खेल खेल्नेछन् । पूर्व कप्तान विराट कोहलीसहित टेस्ट खेलेका खेलाडीलाई पहिलो टी-२० खेलबाट बाहिर राखिएको छ ।
भारतले पहिलो टी-२० खेल जुलाई ७ मा खेल्ने छ । यसपछि दोस्रो र तेस्रो खेल ९ र त्यसपछि जुलाई १० मा हुनेछ । एक दिवसीय शृङ्खलाको पहिलो खेल जुलाई १२ मा हुनेछ। जुलाई १४ र १७ मा दुई टोलीबीच दोस्रो र तेस्रो खेल हुनेछ ।
पहिलो टी-२० को लागि भारतीय टोलीमा रोहित शर्मा, ईशान किशन, रुतुराज गायकवाड, सूर्यकुमार यादव, दीपक हुडै, राहुल त्रिपाठी, दिनेश कार्तिक, हार्दिक पाण्डेय, वेंकटेश अय्यर, युजवेन्द्र चहल, अक्षर पटेल, रवि बिश्नोई, भुवनेश्वर कुमार, हर्षल पटेल, अवेश खान, अर्शदीप सिंह, युजवेन्द्र चहल, रवि बिश्नोई रहेका छन् ।
त्यस्तै दोस्रो र तेस्रो टी-२० टोलीहरू रोहित शर्मा (कप्तान), विराट कोहली, जसप्रित बुमराह, इशान किशन, सूर्यकुमार यादव, दीपक हुडै, श्रेयस अय्यर, दिनेश कार्तिक, ऋषभ पन्त, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, युजवेन्द्र चहल, अक्षर पटेल, रवि बिश्नोई, अवनीश खान, भुवनेश खान हर्षल पटेल, उमरान मलिक रहनेछन् ।
इंग्ल्याण्डसँग खेल्ने भारतको एक दिवसीय टोलीमा रोहित शर्मा (कप्तान), विराट कोहली, शिखर धवन, जसप्रित बुमराह, सूर्यकुमार यादव, इशान किशन, श्रेयस अय्यर, ऋषभ पन्त, रविन्द्र जडेजा, हार्दिक पाण्ड्या, शार्दुल ठाकुर, युजवेन्द्र चहल, अक्षर पटेल, प्रणन्द कृष्ण, मोहम्मद शमी, मोहम्मद शमी अर्शदीप सिंह खेलाडी हुनेछन् ।