arrow

इङ्गल्याण्डको नयाँ कप्तान बने बट्लर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
jos-buttler-england-cricket-captain.jpg

काठमाडौं । जोस बट्लर इङ्गल्याण्डको एक दिवसीय र टी–२० क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् । इङ्गल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले बिहीबार बट्लरलाई कप्तान नियुक्त गरेको हो ।

विश्वकप विजेता कप्तान इयान मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेपछि बट्लरले कप्तानीको जिम्मेवारी पाएका हुन् ।

३५ वर्षीय मोर्गनले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका थिए । 

विकेटकिपर ब्याट्सम्यान बट्लर यसअघि टिमको उपकप्तान रहेका थिए।

३१ वर्षीय बट्लरको कप्तानीमा इङ्गल्याण्डले जुलाईमा भारतविरुद्ध एक दिवसीय र टी–२० श्रृंखला खेल्नेछ । 

भारतले पनि आफ्नो टिमको घोषणा गरिसकेको छ । पाँचौं तथा अन्तिम टेष्ट भने आजदेखि शुरु हुँदैछ । यसअघि चार खेल १० महिनाअघि सकिएको थियो । तर कोरोना महामारीबीच खेल रोकिएको हो । 

यसअघिको खेलमा भारत श्रृंखलामा २–१ ले अगाडि छ । यो श्रृंखला जिते भारतले १५ वर्षपछि इङ्गल्याण्डलाई उसकै भूमिमा हराउने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ