arrow

स्पाइसजेट दुर्घटना : कहिले आगो, कहिले धुँवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
spicejet.jpg

नयाँ दिल्ली । भारतीय स्पाइस जेटको विमान एकपछि अर्को दुर्घटनामा पर्दै आएको छ । तर पाइलटको सही निर्णयले यात्रुहरु सकुशल रहँदै आएका छन् । 

 जुनमा पटनाबाट नयाँ दिल्लीका लागि १८५ यात्रुसहित उडेको स्पाइस जेटको विमानको इन्जिनमा आगलागी भएको थियो । विमानलाई आकस्मिक अवतरण गराई यात्रुहरूलाई सुरक्षित विमानबाट निकालिएको थियो ।

शनिबार नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा स्पाइस जेटको विमानभित्र धुवाँ भरिएपछि आकस्मिक अवतरण गराइएको छ ।

विमानले पाँच हजार फिटमाथि उडिरहेका समय विमानको केविनमा धुँवा भरिएको चालक दलका सदस्यलाई थाहा भएको र विमानलाई आकस्मिक अवतरण गरिएको विमान कम्पनीले ट्विटर मार्फत जानकारी गराएको छ । क्याबिनमा धुँवा भरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

गत मे महिनामा भारतमा नै अर्को एक विमानको ‘सफ्टवेयरमा आक्रमण गर्ने’ प्रयास भएको भन्दै न्युन भाडा दर भएको स्पाइस जेट कम्पनीका विमानहरूको उडान अवरुद्ध भएको र यसका कारण हजारौँ हवाई यात्रुहरू विमानस्थलमा अलपत्र पर्नु परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ