arrow

आईजीपी बढुवा विवादको अन्तिम सुनुवाइ आज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
supreme-court-long.jpg

काठमाडौं । नेपाल प्रहरीको प्रमुख(आईजीपी) बढुवा सम्बन्धी विवादको हेर्दाहेर्दैमा रहेको अन्तिम सुनुवाइ आइतबार हुँदै छ । 

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।

यसअघि अन्तिम पटक असार १३ गते भएको सुनुवाइ सरकार पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैमा रहेको थियो । 

आफुभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । वैशाख २२ गते न्यायाधीश सुश्मलता माथेमाले प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेकी थिइन् । 

जेठ ३० गते सुरु भएको अन्तिम सुनुवाइ तीन पटक हेर्दाहेर्दैमा बसिसकेको छ । यसबीचमा असार ५ र असार १३ गते पनि सुनुवाइ भएको हो । निवेदकका कानुन व्यवसायीको बहस सकिएको छ ।

वैशाख १९ देखि बिदामा बसेका एआईजी पोखरेल एआईजीमै कायम रहे आगामी साउन २० गतेबाट अवकाश पाउनेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ