arrow

मणिपुर पहिरोमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
pahiro-manipur-india.jpg

काठमाडौं।  भारतको उत्तरपूर्वी राज्य मणिपुरको दुर्गम क्षेत्रमा गएको ठूलो पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । पहिरोमा परेर २९ जना अझै बेपत्ता छन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ ।

शव फेला परेका ३४ जनामध्ये ७ जना असमका हुन् । पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । रेलवे निर्माण स्थलमा नै पहिरो खसेको हो ।

उक्त पहिरो गत बुधबार गएको हो । पहिरोलगत्तै उद्धारकर्मीहरू खटिएका थिए । उनीहरुले पहिरो खसेपछि भग्नावशेषबाट १९ जना बाँचेकाहरूलाई निकाल्न सफल भएका थिए ।

यो महिना भारी वर्षाले भारतको उत्तरपूर्वी राज्यहरू र छिमेकी बंगलादेशमा गरी १ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ